Jaba Ma – जब म Lyrics
Verse 1
जब म तपाईलाई हेर्दछु
जिवन सजिलो बन्दछ
जब म तपाईलाई हेर्दछु
जिवनको मार्गलाई प्राप्त गर्छु
जब म तपाईलाई हेर्छु
सबै बोझ हलुको हुन्छ
(हे येशू, हे येशू)
Verse 2
जब म तपाईलाई हेर्दछु
जिवनको उदेश्य प्राप्त गर्छु
जब म तपाईलाई हेर्दछु
मानिसको निम्ति उत्साह म बन्दछु
जब म तपाईलाई हेर्छु
तपाई जस्तै म बन्दछु
(हे येशू, हे येशू)
Chorus
म जस्तोलाई तपाईले चुनेर
आफ्नो मित्र मलाई बनाउनुभो
मेरो पहिचान धर्मी बनाउनुभो
मेरो छोरा भनि बोलाउनुभो
मेरो जिवन योग्यको बनाउनुभो
पवित्रताले मलाई भर्नुभो
Verse 3
जब म तपाईंलाई हेर्दछु
तपाईंको इच्छाले म भरिंदछु
जब म तपाईंलाई हेर्दछु
तपाईंको दृष्टिले म हेर्दछु
जब म तपाईंलाई हेर्छु
तपाईंकै इच्छाले मलाई चलाउँदछ


