![christian songs lyrics](https://www.worldtamilchristians.com/wp-content/uploads/2024/06/christian-songs-lyrics-267x150.png)
Krushale Chhunale – माराको तितो पानी भएछ मिठो
Krushale Chhunale – माराको तितो पानी भएछ मिठो
Chord: C#
(माराको तितो पानी भएछ मिठो) २
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले
कसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २
माराको तितो पानी भएछ मिठो
परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएर
अरुको भलाई गर्ने प्रेम
पवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमा
खन्याईयको छ त्यो प्रेम
स्वार्थ र घमण्डको तितोपनालाई मार्ने
काँठ हो क्रुस कलबरीको
जहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भो
पिता सित पापीहरूको
हो हो हो हो
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले
प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले) २
माराको तितो पानी भएछ मिठो
प्रेमदृारा काम गर्ने विश्वास हामीमा क्रियाशिल
गराउनु हुन्छ आत्माले
आज्ञापालन हुदैन बोझ खुसी साथ दिनेलाई
रुचाउनु हुन्छ पिताले
फिक्रि र अविश्वासको तितोपनालाई मार्ने
काँठ हो क्रुस कलबरीको
जहाँ झुण्डेर खीष्टले सधैंलाई मेटाउनु भो
शासन पाप र मुत्युको
हो हो हो हो
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो संसार मिठो हुन्छ क्रुसले छुनाले
भविष्यको माहिमित आशा देख्छौ खीष्टमा हुनाले) २
तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले
कसुरहरु मेटछन येशूको रगतले धुनाले
तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले
प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले
(माराको तितो पानी भएछ मिठो) २