सरर सरर सरर येशूको प्रेम सररर – Sarara sarara sarara yesuko prema sararara

Faith Score+1
Faith Score+1

सरर सरर सरर येशूको प्रेम सररर – Sarara sarara sarara yesuko prema sararara Nepali Christian Songs Lyrics.

सरर सरर सरर येशूको प्रेम सररर
सरर सरर सरर शीतल अनुग्रह सरर
(मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो
मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २

म त अन्धकार तर्फ अनि विनाश तर्फ
लम्कीरहेको मान्छे थिए
अन्योल्तामा परेर बिना अर्थको जीवन
बाँचीरहेको मान्छे
तर ख्रीष्टको मायालु हाथले
मलाई तानेर निकाल्यो है
आज नयाँ म भएको छु …

सरर सरर सरर येशूको क्षमा करूणा बग्यो मभित्र सरर
फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर
हो हो

ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो
उनको महिमा देख्नलाई दिलले दृष्टि पायो
म त यस पृथ्वीको आधारभुत शिक्षाहरूमा
अल्झी बसेको मान्छे थिए
सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा
म त मरेको मान्छे
तर ख्रीष्टको पवित्र आत्माले
नयाँ जन्म मलाई दिए है
अब जिवीत म भएको छु

सरर सरर सरर
येशूको क्षमा करूणा बग्यो मभित्र सरर
फरर फरर फरर स्वतन्त्र भई आत्मामा म त उड्दैछु फरर
हो हो

Yesuko Prema Sararara Nepali Christian Song Lyrics.

We will be happy to hear your thoughts

      Leave a reply

      About Us

      Part of the Christianmedias organization, we are dedicated to sharing worship music to inspire prayer and devotion worldwide.

      World Tamil Christians - The Ultimate Collection of Christian Song Lyrics
      Logo