येशूको रगतले किनेको हामी मण्डली – Yeshuko Mandali
येशूको रगतले किनेको हामी मण्डली
येशूको वचनले धोएको उनकी दुलही
(हामी येशूको मण्डली
हामी येशूको दुलाही) २
शिर हुन उहाँ, शरीर हामी
उहाँसंग एक छौ
अनन्त देखि उहाँमा रहन
हामी बनिएका हौ
हाम्रो अस्तित्व उहाँमा नै छ
हाम्रो परिचय येशूनै
हाम्रो अैाचित्य येशू नै
उहाँकै द्वारा उहाँको निम्ति
हामी बोलाइएका छौ
पवित्र अनि चोखो रहन
हामी चुनिएका हौ
हाम्रो सुरक्षा उहाँमा नै छ
हाम्रो उद्देश्य येशू नै
हाम्रो गन्तव्य येशू नै

