Chaina Kohi Yaha – के संग गरू तुलना तपाईको

Faith Score+1
Faith Score+1

Chaina Kohi Yaha – के संग गरू तुलना तपाईको

Chord: A#
के संग गरू तुलना तपाईको
सुन र चाँदी, हिरा या मोती
के छ र यहाँ उत्तम तपाई भन्दा
नाम र वैभव या सुन्दरता

छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने

तपाईको सुन्दरताले मेरो हृदय खिचेको छ
मेरो लागी जे बहुमुल्य थियो तपाई सामु सबै तुच्छ छ
तपाईंको सुन्दरताले ब्रहमाण्ड यो ढाकेको छ
तपाई सामु मेरो येशु सबै थोक बेमोल छ

छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने

तपाईको प्रेमको अघि सबै प्रेमले हारेको छ
तपाईको शक्ति अघि सबै शक्ति झुकेको छ
तपाईको महिमाले सारा संसार ढाकेको छ
स्वर्ग अनि पृथ्वीमा केवल तपाईको राज्य छ

छैन केही यहाँ तपाईको दाँजोमा आउने
छैन कोही यहाँ तपाईसंग दाज्न सुहाउने
येशु, येशु तपाईसंग दाज्न सुहाउने

We will be happy to hear your thoughts

      Leave a reply

      About Us

      Part of the Christianmedias organization, we are dedicated to sharing worship music to inspire prayer and devotion worldwide.

      World Tamil Christians - The Ultimate Collection of Christian Song Lyrics
      Logo