को हुन स्वर्ग छोडी संसारमा आउनुहुने – Mahima Hos Yeshuko
को हुन
को हुन स्वर्ग छोडी संसारमा आउनुहुने
को हुन पापीहरूलाई टिठ्याउनुहुने
को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन?
को हुन मृत्युबाट बौरी उठ्नुहुने
को हुन महिमामा स्वर्ग जानुहुने
को हुन फेरी बादलमा आउनुहुने को हुन
(मण्डली भन्छ एउटै स्वरमा)२
(वहाँ येशू मुक्तिदाता हाम्रो)२
[(महिमा होस)३ येशूको]२
को हुन पापरहित जीवन जीउनुहुने
को हुन शैतानको शिरलाई कुल्चनुहुने
को हुन पराक्रमी युद्ध जीत्नुहुने को हुन
को हुन पानीलाई दाखमद्ध बनाउनुहुने
को हुन छालहरूमाथी हिड्नुहुने
को हुन अनन्त जीवन दिनुहुने को हुन
(मण्डली भन्छ एउटै स्वरमा)२
(वहाँ येशू मुक्तिदाता हाम्रो)२
[(महिमा होस)३ येशूको]२


