रमाउने कारण (येशूको नाम)३ – Ramaune Kaaran

Faith Score+1
Faith Score+1

रमाउने कारण (येशूको नाम)३ – Ramaune Kaaran

रमाउने कारण (येशूको नाम)३
उहाँ आउनुभो मानिस भएर
बचाउनुभो क्रूशैमा चढेर
डाँडाहरु खुशी भई गीत गाए र रमाए
रुखहरू ताली बजाई तालमा ताल मिलाए
सललल खोला बग्यो चिरी बिरी चरी गायो
परमेश्वरको काम देखी सारा प्रकृती रमायो
सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो
निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो
उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर

मृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशूले
सबै थोकहरु माथि अधिकार प्राप्त गरे
समुन्द्रका गहिरा गहिरा स्थानहरु वहाँकै हुन
पृथ्वीका अग्ला अग्ला हिमालहरु वहाँकै हुन
आकाशका ताराहरु वहाँकै गुनगान गाउँछ्न
खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन
उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर

रमाउने कारण (येशूको नाम)३
उहाँ मर्नुभो पापलाई लिएर
बौरी उठ्नुभो विजय भएर

      About Us

      Part of the Christianmedias organization, we are dedicated to sharing worship music to inspire prayer and devotion worldwide.

      World Tamil Christians - The Ultimate Collection of Christian Song Lyrics
      Logo