Thaha Chhaina song lyrics – थाह छैन
शिरमाथी छानो छैन, घरभित्रको न्यानो छैन
कहाँबाट आए किन, मलाई थाह छैन
बा-आमाले छाडी गए किन छाडे थाह छैन
कहाँ-के गल्ती भो मेरो मलाई थाह छैन…
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा
कहाँ पुग्छु के हुन्छु थाह छैन
जसो तसो भोकबाट प्यासबाट बाँच्नुछ
उदेश्य जीवनको एउटै मर्नबाट बाँच्नुछ
कहाँ पुगी टुँगिएला एकलो यो चोला
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा…
माया भन्या कस्तो हुन्छ? स्वाद मनले चाख्या छैन
किन हाँस्छन् मानिसहरू? खुसी के हो थाह छैन
कैले-काँही रात हुँदा अँगालोको चाह लाग्छ
न्यानो हुन्छ भन्छ त्यहाँ कति थाह छैन…
नाम मेरो के हो कुनी ठाउँ कहाँ थाह छैन
खोज्दैछु आफैलाई मेरो चिनारी छैन
मुहारमा कसको रूप लिएर आए थाह छैन
जन्म दिइ काख दिएनन् किन थाह छैन
खेल्दै, डुल्दै …
अर्थ के हो म बाँच्नुको कारण के हो थाह छैन
कैलेसम्म कसको लागी बाँच्न पर्ने थाह छैन।
सडक गल्लीहरू हुँदो गन्तव्य म खोज्दै हिड्छु
सुख्खा पात हुँ उडि जाने निवास छैन
ईश्वरले हेर्छन् भन्छन्, कसरी हो थाह छैन
बस्छन् कहाँ कहिल्यै हाम्रो भेट भा छैन
नाम बिहिन मान्छेहरूको अस्तित्व हुन्छ की हुन्न
भविष्य हुन्छ की हुन्न मलाई थाह छैन
खेल्दै, डुल्दै …
- तू सुंदर हेय – Tu Sundar hey Gamit Worship song
- Suna Hoina Chadi Hoina – सुन होइन चादि होइन
- Jaba Ma – जब म Lyrics
- Parakrami Parmeshwor – पराक्रमी परमेश्वर
- कुनै नाउॅं छैन जसले मेरो लाजलाई लियो – Yeshu Lyrics
Shop Now: Bible, songs & etc
1. Follow us on our official WhatsApp channel for the latest songs and key updates!
2. Subscribe to Our Official YouTube Channel
Keywords: Tamil Christian song lyrics, Telugu Christian song lyrics, Hindi Christian song lyrics, Malayalam Christian song lyrics, Kannada Christian song lyrics, Tamil Worship song lyrics, Worship song lyrics, Christmas songs & more!
Disclaimer: "The lyrics are the property and copyright of their original owners. The lyrics provided here are for personal and educational purposes only."