फर्की आउँदैन समय – Yeshu Ko Ritu
Chord: D#
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
ए, फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
म जान्छु भन्दा, विवश बनाई रोक्नुहुन्न रैछ
आफ्नो हृदय दुखाईदुखाई जान दिनुहुँदो रैछ
फेरि मेरो अधर्मको चोट सहीसही पनि
म आउने बाटो हेर्नुहुँदो रैछ
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगिगयो
फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
ए, फर्की आउँदो रैछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
म जाँदिन, जान सक्दिन फर्केर फेरि
माफी पाउन अयोग्य छु, लथालिङ्गै छु
भनी सोच्दा, उनी आई सबै भूल क्षमा गरी फेरि
कहिल्यै त्यसलाई नसम्झिँदो रैछ
कसैलाई भनी सुक्दैन भित्रको आँसु
मरुभूमिमा जब लाग्छ, कसरी बाँचूँ?
हिउँ बनी झर्दो रैछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा
ओ, हिउँ बनी झर्दो रैछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा
आ-हा, हा-हा
हा-हा, हा, हा
Yeshu Ko Ritu song menaing in english
It is true that time does not come back.
It is true that the river does not come back.
But the season of Jesus will come back,
His love is patient
He did not forcefully make me stay
when I wanted to leave Him and go
but waited with pain in His heart for the day of my return.
When I feel that I am too unworthy to return, my sins too deep to be forgiven,
He comes running to me forgives all my sins never to remember them again.
When my inner battles do not subside and my inner tears do not dry just by talking to people,
and when I languish finding myself abandoned in the desert of hopelessness,
then like soft snow Jesus’s mercy falls upon me,
He being so rich in longsuffering love.


