बालक येशू जन्मिए आज – Balak Yeshu Nepali Christmas Song
हो हो… ला ला
(बालक येशू जन्मिए आज
मानिसहरूमा अब शान्ति
वचन पूरो भयो
अब इमानुएल हामीसग)२
उहाको तारा पूर्वमा देखि
ज्योतिहरू आए
सुन सुगन्दि धूप
मूराको भेटी चढाए
बालक येशू राजाहरूका राजा
महा पूजारी बलि हुने
येशू मेरो राजा
मेरो पूजारी,
मेरो पापको लागि बलि हुने
स्वर्गको महिमालाई छोडि
काठको डुडमा जन्मनु भो
संसारलाई बचाउनलाई
काठैमा उहा मर्नु भो
हराएकालाई खोज्न आए
येशूमा बाहेक जीवन छैन
पापीहरूको उनी मित्र
इमानुएल हामीसग
बालक येशू जन्मिए आज
मानिसहरूमा अब शान्ति
वचन पूरो भयो अब
इमानुएल हामीसग

