नयाँ काम हुदैछ मेरो हृदयमा – Naya Kaam hudaicha
नयाँ काम हुदैछ मेरो हृदयमा
नयाँ काम हुदैछ मेरो जीवनमा ) x२
म नयाँ हुदैछु येशुको न्यानो उपस्थितिमा
म निको हुदैछु शरीर आत्मा अन्तस्करणमा ) x२
म ग्रहण गर्दैछु येशुको वचनलाई
येशुको वचनलाई मेरो हृदयमा
येशुलाई दिदैछु मेरो सम्पूर्ण
समर्पण गर्दैछु मुक्तिदातालाई
नयाँ काम हुदैछ मेरो हृदयमा
नयाँ काम हुदैछ मेरो जीवनमा
पुरानो र थोत्रो कुराहरुलाई पन्साउदैछु म
मलाई बाधी राख्ने सांग्लाहरुलाई फुकाउदैछु म ) x२
छुटकारा भएको म थाह गर्दैछु
म थाह गर्दैछु ख्रिस्टको आनन्दलाई
क्रुसमा दिदैछु मेरो अधर्म
समर्पण गर्दैछु मुक्तिदातालाई
नयाँ काम हुदैछ मेरो हृदयमा
नयाँ काम हुदैछ मेरो जीवनमा

